Climate Change and Health

सम्पर्क फोन

०१-४२६२५४३
०१-४२६२८०२ 

गतिविधि पात्रो

गतिविधि हेर्नुहोस्

Nepal Flag

Introduction

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको शीर्ष निकाय हो । प्रमुख निकायको रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्र र गैर-सरकारी संस्थाको बढ्दो सहभागितामा कार्यक्रमको कार्यान्वयन समग्र राष्ट्रिय विकासका लागि मानसिक, शारीरिक र सामाजिक कल्याण सहितको स्वास्थ्य सुधार गर्न काम गर्द । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका कार्यक्रम / गतिविधिहरू विभिन्न महाशाखाशाखामार्फत कार्यान्वयन गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा अन्तर्गत बहु-क्षेत्रीय समन्वय शाखा को माध्यमबाट जलवायु परिवर्तन, वायुको गुणस्तर, WASH, स्वास्थ्य सेवाको फोहोर, रासायनिक सुरक्षा र अन्य सम्बन्धित वातावरणीय स्वास्थ्य क्रियाकलाप सम्बन्धी कार्य गर्दछ

जलवायु परिवर्तन तथा स्वास्थ्य वेब पोर्टल बहु-क्षेत्रीय समन्वय शाखा, स्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत निर्माण गरिएको हो । बहु-क्षेत्रीय समन्वय शाखा यस जलवायु परिवर्तन तथा स्वास्थ्य वेब पोर्टलको समग्र व्यवस्थापन तथा परिचालनको लागि जिम्मेवार छ ।

जलवायु परिवर्तन तथा स्वास्थ्य वेब पोर्टल लक्षित प्रयोगकर्ताहरूका लागि खोज, विश्लेषण र सञ्चार केन्द्रको रुपमा सूचना प्रदान गर्ने माध्यमको रुपमा विकसित गरिएको छ। यस वेब पोर्टलको निर्माणको मुख्य उद्देश्य विभिन्न स्रोतहरूबाट जलवायु परिवर्तन तथा स्वास्थ्य सम्बन्धी सुचना, समाचार र जानकारी संकलन गर्नु र सूचना केन्द्र बनाउनु हो । यस पोर्टलमा जलवायु परिवर्तन तथा स्वास्थ्य सम्बन्धी ऐन, नीति, नियम, निर्देशिका, योजना, आधिकारिक प्रकाशन, प्रतिवेदन, प्रेस विज्ञप्ति जस्ता सामग्री समावेश छन् ।