निर्देशकको सन्देश
नेपालको संविधान २०७२ अनुसार देशमा संघीयता लागू गरि सो को कायार्न्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था मुताविक गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय मातहत स्वास्थ्य निर्देशनालय, पोखराको स्थापना भई सेवा संचालन गर्दै आई रहेको छ । यस कार्यालयको कार्य क्षेत्र गण्डकी प्रदेश अन्तरगतका सम्पुर्ण जिल्लाहरु रहेको र हाल पोखरा महानगरपालिकामा अवस्थित रहेको छ ।
गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयको वेबसाइट स्वास्थ्यसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले स्वास्थ्य निर्देशनालयका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई वेबसाइटमा स्वागत गर्दछु।
खिम बहादुर खड्का

